Home Joomla! - the dynamic portal engine and content management system http://tamangchautari.com.np/news/index.php?option=com_content&view=frontpage Sun, 20 May 2012 19:57:32 +0000 Joomla! 1.5 - Open Source Content Management en-gb तामाङ डाजाङको साहित्यिक गोष्ठीको १०२ औं शृंखला सम्पन्न http://tamangchautari.com.np/news/index.php?option=com_content&view=article&id=220:2011-11-15-11-28-35&catid=74:headline http://tamangchautari.com.np/news/index.php?option=com_content&view=article&id=220:2011-11-15-11-28-35&catid=74:headline

साहित्यक जगतमा आफ्नो मातृभाषा तथा संस्कृतिको पहिचान एवं सम्बर्द्दनको निमित्त लामो समयदेखि निरन्तर रुपमा लागिपरेको साहित्यिक संस्था तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १०२ औं शृखंला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यहि मिति २०६८ साल कार्तिक २६ गतेका दिन सम्पन्न भयो।

 

 

डाजाङको नियमित कार्यक्रम भन्दा पृथक रुपमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।डाजाङले यसपटकको कार्यक्रम तामाङ साहित्य उत्थानर्थ लागि परेका अन्य  चार संस्थाहरु भाषा तथा साहित्य विभाग नेपाल तामङ घेदुङ् ,तामाङ सेमलेङ न्हान भक्तपूर,तामङ ग्योतथेन सेमल्हेङ सेङजाङ र नाङसाल क्लब नेपालसंग सहकार्य गरेर आयोजना गरेको थियो।कार्यक्रम बिशेषत: तामाङ साहित्यक जगतका प्रथम लेखक स्वर्गिय श्री बुद्दिमान मोक्तानको ११२ औं जन्मजयन्तीमा केन्द्रित थियो ।'जिक्तेन ताम छ्योई' नामक कृति नै तामाङ साहित्यको पहिलो कृति हो र यसैको आधारमा श्री बुद्दिमान मोक्तान नै पहिलो तामाङ लेखक हुन् भन्ने हालसम्मको विभिन्न स्रोत तथा सामाग्रीले पुष्टीगरेको  छ।कार्यक्रमको संचालन संचारकर्मी एवं स्रष्टा आदरणिय श्री सन्चु ब्लोनजीले गर्नुभएको थियो।कार्यक्रमको अध्यक्षता तामाङ भाषा तथा साहित्य विभाग नेपाल तामाङ घेदुङको प्रमुख श्री कुमार घिसिङले गर्नुभएको थियो भने अथितिगणहरुमा भाषाबिद् श्री अ मृत योञ्जन ,श्री अजितमान तामाङ,लेखक प्रताप बल,रेम्बोर्छे श्री बुद्दछिरिङ मोक्तान,लोकगायक चन्द्रकुमार मोक्तान लगायतका महानुभावहरु हुनुहुन्थ्यो।

कार्यक्रममा  तामाङ डाजाङका अध्यक्ष बुद्द योञ्जनले अथितिहरुलाई खादा अर्पण गर्नुभएको थियो ।त्यसैगरि रेम्बोर्छे बुद्द छिरिङ मोक्तानको बाहुलीबाट स्रष्टा श्री बुद्दिमान मोक्तानको तस्वीरमा खादा अर्पण तथा दिपप्रज्वलित गरेर कार्यक्रम उद्घाटन गरिएको थियो।

 

यसपटकको कार्यक्रममा  नियमितको भन्दा  बढि साहित्य प्रेमीहरुको उपस्थिति रहेको थियो। लगभग १५०को हाराहारीमा स्रष्टा एवं साहित्य अनुरागीहरुको  उपस्थितिले क्रायक्रमको रौनकता बढेको थियो। कार्यक्रममा नाङसाल क्लब नेपालको उपाध्यक्ष लालीमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो। भने स्रष्टा श्री बुद्दिमान मोक्तानको प्रथम कृति 'जिक्तेन ताम छ्योई'को बारेमा भाषाबिद् अजितमान तामाङ, अ मृत योञ्जन, रेम्बोर्छे बुद्दछिरिङ मोक्तान, लगायतका अथितिहरुले चर्चापरिचर्चा गर्नुभएको थियो।

कार्यक्रमको बीचबीचमा स्रष्टाहरुले साहित्यिक रचनाहरु वाचन गर्नुभै थप उल्लासमय वातावरण निर्माण गर्नुभएको थियो।यसै क्रममा गायक तथा साहित्यकार रोशन फ्युबाले तामाङ गीत गाउनुभै एकैछिनलाई हल तताउन सफल हुनुभएको थियो।अघिपछिको भन्दा नितान्त फरक शैलीमा आयोजित यस क्रायक्रमका आयोजकहरुको सहकार्यता देख्दा आगामी दिनहरुमा  तामाङ भाषा तथा साहित्यको उत्थानर्थ हातेमालो गर्दै एक्यबद्द भएर अगाडी बढ्न सक्ने संकेत देखिएको छ जुन स्वागत योग्य एवं खुसीको कुरा हो।डाजाङसंग सहकार्य गरेर हिड्ने अभिलाषा रहेको जानकारी गराउँदै कार्यक्रमको अध्यक्ष कुमार घिसिङले उपस्थित  महानुभावहरुलाई धन्यवाद दिदैँ कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

]]>
me1krishna@gmail.com (Administrator) frontpage Tue, 15 Nov 2011 11:25:43 +0000
सिड्नीमा तामाङ ल्होछार http://tamangchautari.com.np/news/index.php?option=com_content&view=article&id=424:2012-01-26-05-30-19&catid=74:headline http://tamangchautari.com.np/news/index.php?option=com_content&view=article&id=424:2012-01-26-05-30-19&catid=74:headline haus lo२८४८ औ डुक ल्होछारको उपलक्क्षमा सिड्नी स्थित तामाङ सोसाइटी अफ अन. अस. डब्लु. ले सिड्नीको पिटरसामा  भब्य ल्होछार कार्यक्रमको आयोजना गर्ने भएकोछ। सोसाइटीका अध्यक्ष अरुण तामाङका अनुसार ल्होछारको सास्कृतिक महत्वबारे विश्वभरी छरिएर रहेका नेपालीहरु माझ तामाङहरुको मौलिक पहिचान बारे जानकारी दिने उदेश्यले कार्यक्रम आयोजन गरिएको हो। कार्यक्रममा अष्ट्रेलिया स्थित बिभिन्न संघसस्थाहरुले प्रायोजन गरेर सहयोग गरेका छन। हिमाअस,   मुग्लिन (नेपाली रेस्टुरेन्ट), पोख्रेल एंड असोसेसन, बोम्जन अटोमोटिभ आदि आयोजक रहेका उक्त कार्यक्रममा तामाङ मौलिक संस्कृति र पहिचान झल्किने धेरै गीतसंगीत र प्रस्तुतिहरु रहनेछन्। कार्यक्रमको  प्रमुख अतिथिमा अफ अन. अस. डब्लु. का लागि नेपाली बाणिज्यदुत दिपक खड्का रहने र  बिशेस अतिथिमा नेपाली आदिबासी जनजाती मंच अस्ट्रेलियाका अध्यक्ष गणेश तामाङ रहनेछ। कार्यक्रम २८ जनवरी २०१२ का दिन  हुने जानकारी कार्यक्रममा संचालकको भूमिका पाएका तामाङ चौतारीका अस्ट्रेलियाको लागि कोर्डीनेटर अविरल तामाङले दिनु भएकोछ।

]]>
me1krishna@gmail.com (Administrator) frontpage Thu, 26 Jan 2012 05:20:56 +0000